बिर्तामोड  ।

 विदेश अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गर्दै झापाको बिर्तामोडमा नयाँ कन्सलट्यान्सीले सेवा विस्तार गरेको छ । बिर्तामोडस्थित चम्लागाई कम्पेक्समा सक्सेस पाथ एजुकेशन कन्सलट्यान्सीले सेवा शुरु गरेको हो ।

२०७३ सालदेखि काठमाडौंको नयाँ बानेश्वरमा मुख्य कार्यालय सञ्चालन गर्दै आएको  कन्सलट्यान्सीले युरोप लगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई सहजताका साथ सेवा प्रदान गर्ने उद्देश्यले बिर्तामोडमा शाखा सञ्चालन गरेको कन्सलट्यान्सीकी सञ्चालक दीया भण्डारीले जानकारी दिइन् ।

बिदेश अध्ययनका लागि जाने बिद्यार्थीलाई पठाइने देशको रहन सहन, त्यहाँको वाताबरण साथै भाषालगायतका बिषयमा जानकारी दिन कन्सल्ट्यान्सीको शाखा बिस्स्तार गरिएको बिर्तामोड शाखा प्रवन्ध निर्देशक हेमन्त पाण्डेले बताए । शाखाबाट बिद्यार्थी मात्र नभएर अभिभावकलाई समेत त्यस बिषयमा जानकारी गराउने बताइएको छ ।

 कन्सलट्यान्सीबाट अस्टे«लिया, अमेरिका, जापान, युके, दक्षिण कोरिया, फ्रान्स, न्यूज्यल्याण्डलगायतका देशमा अध्ययनमा जाने बिद्यार्थीलाई परामर्श दिएर पठाइने अस्विन देउजाले जानकारी दिए ।

कन्सलट्यान्सीको प्रधान कार्यालयका सहायक कार्यकारी अधिकृत दिनेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा एमिटी एजुशेन फाउण्शेनकाका प्रिन्सिपल आरएस ढकालको प्रमुख आतिथ्य रहेको थियो । कन्सल्ट्यान्सीको उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले धेरै बिद्यार्थीहरु नबुझी विदेश जाने गरेकाले समस्या हुने गरेको बताए । धेरै कन्सल्ट्यान्सीले पैसा कमाउने नाममा विद्यार्थीलाई रणभुल्लमा राख्ने गरेकाले विद्यार्थीलाई विदेश पठाउनु पूर्व सबै जानकारी दिनुपर्ने ढकालको भनाई छ ।

युस रिर्टन तथा शाखाका सिनियर काउन्सिलर सिर्जन अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा प्रबन्ध निर्देशक पाण्डेले गरेका थिए ।