झापा । 

जिल्ला प्रहरी कार्यालय झापाले चालू आर्थिक वर्षमा तीन सय ५३ जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । जिल्ला अदालत झापाको फैसला कार्यान्वयन अन्तरगत जिल्ला प्रहरी कार्यालय झापाले जिल्लाका विभिन्न स्थानबाट फरार प्रतिवादीलाई पक्राउ गरेको गर्दै जिल्ला अदालत झापा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

पक्राउ परेका उनीहरुबाट एक सय ४१ वर्ष ६ महिना २ दिन कैद र चार करोड ४० लाख बयानब्बे हजार दुई सय रुपैयाँ बिगो जरिवाना असुल हुने बताइएको छ । 

गत फागुन ६ गते यता मात्रै प्रहरीले ६६ वर्ष ४ महिना ३ दिन कैद र बयालिस लाख छयालिस हजार एक सय सन्तानब्बे रुपैयाँ विगो जरिवना कायम भएका एक सय ८८ जना फरार प्रतिवादी पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।