बिर्तामोड । 

नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लीग (वाइसीएल) नेपाल झापाको छैठौं जिल्ला भेलाले डेबिट शाहीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार बिर्तामोड भएको भेलाले शाहीको नेतृत्वमा नयाँ कमिटी  चयन गरेको हो ।

कमिटीको वरिष्ठ उपाध्यक्षमा हिमाल विष्ट, उपाध्यक्षद्वयमा विनोद नेम्बाङ र बुद्धिमान तामाङ चयन भएका छन् ।  सचिवमा जनक ल्वागुन, सह–सचिवमा प्रेम राना मगर, रुद्र राउत, सन्तोष विश्वकर्मा र समिर लिम्बु चयन भएका छन् ।  कोषाध्यक्षमा मेनुका राजवंशी चयन भएकी छिन् । 

नयाँ  कमिटीको नामावली घोषणा वाइसीएल नेपालका केन्द्रिय सदस्य डम्बर पुलामी (कर्म) गरेका थिए ।  झापाका १५ वटै पालिकाबाट १ महिला अनिवार्यसहित ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । सोही कार्यक्रमका बिच वाइसीएल झापाका संस्थापक तथा विभिन्न जिल्लामा संस्थापक अध्यक्षको जिम्मेवारी रहेर हाल झापामा रहेकालाई सम्मान गरिएको थियो ।

सम्मानीत हुनेमा वाइसीएलका मेची व्युरो संस्थापक अध्यक्ष इन्द्र आङ्बो (मौसम), झापाका संस्थापक अध्यक्ष राजु आचार्य, पूर्व अध्यक्ष तथा संस्थापक उपाध्यक्ष डिल्ली घिमिरे (हिक्मत), पूर्व अध्यक्षहरु मोहन नेम्बाङ (सञ्चार), डम्बर पुलामी (कर्म), दलबहादुर तामाङ, कुमार आचार्य, तेह्रथुमका संस्थापक अध्यक्ष खड्ग कन्दङ्वा (रोशन), मोरङका संस्थापक अध्यक्ष कुलप्रसाद सावा (कुशल), संखुवासभाका संस्थापक अध्यक्ष अस्मिता तामाङ कन्दङ्वा, झापाका संस्थापक सचिव मोहन टुडु (सरोज), कोषाध्यक्ष निर्मला खतिवडा (निरु) र सदस्य रञ्जिता जबेगु निङवालाई सम्मान गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिति माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेलले सम्मान गरेका थिए ।

 कार्यक्रममा वाइसीएलले झापामा सञ्चालन गरेको एकल नृत्य प्रतियोगिताबाट टप फाइभमा पर्न सफल प्रतियोगीहरुको फिनालेसमेत सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम हुने दमककी सञ्जिता लिम्बुले नगद २० हजारसहित सम्मान पत्र प्राप्त गरिन् । दोस्रो हुने शिवसताक्षीका करण गदाइलीले नगद १५ हजारसहित सम्मान पत्र, तेस्रो हुने कनकाईका राजेश बस्नेतले नगद १० हजारसहित सम्मान पत्र र सान्त्वना हुने कनकाईका असरफ खान र शिवसताक्षीकी सन्तोषी राजवंशीले जनही नगद ५ हजारसहित सम्मान पत्र प्राप्त गरेका थिए ।

वाइसीएल झापाका अध्यक्ष राजकुमार विश्वकर्मा (राजु) को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रदेश स्कुल विभाग प्रमुख अजम्बर काम्बाङ राई, नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो, वाइसीएल नेपालका केन्द्रिय अध्यक्ष सुबोध श्रीपाली, केन्द्रिय सदस्यहरु झलकबहादुर दर्लामी, कुलप्रसाद साम्बा लिम्बु, रञ्जित तामाङ, हरि राना, लक्ष्मी न्यौपाने सरु, सुशिला घिमिरे सामना, केन्द्रिय सदस्य तथा युवा, विद्यार्थी फ्याक्सन इञ्चार्ज मुक्साहाङ मेन्याङ्बोलगायतको आतिथ्य रहेको थियो । राजेश घतानीले सञ्चालन गरेका उक्त कार्यक्रममा करिब पन्ध्र सय युवाहरुको उपस्थिति रहेको थियो ।