चारपाने ।

 झापाको बिर्तामोडमा वाइसिएलको कार्यक्रममा बिर्तामोड आउँदै गरेको बस चारपानेमा दुर्घटना भएको छ । दुर्घटनामा करिव डेढ दर्जन घाइते भएका छन् ।

गौरीगञ्जबाट बिर्तामोडतर्फ आउँदै गरेको को १ ख ३००९ नम्बर को बस चारपानेमा बाटो दक्षिणपट्टि आफै अनियन्त्रित भएर पल्टिएको हो । दुर्घटनामा अहिलेसम्म १६ जना घाइतेलाई उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको र अझै घाइतेको संख्या वढ्न सक्ने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

  बिर्तामोडको सिटी सेन्टरमा शनिवार (आज) माओवादीनिकट वाइसिएलको छैठौ झापा जिल्ला भेला आयोजना गरिएको छ । सोही कार्यक्रममा आउँदै गरेको वस दुर्घटनामा परेको हो । घाइतेको विवरण आउन बाँकि रहेको प्रहरीले जनाएको छ ।