झापा ।  

झापाको दमक नगरपालिका वडा नम्बर नयाँ शब्जी लाइनमा भएको आगलागीमा २० लाख रुपैयाँ बराबरको क्षति भएको छ । नयाँ शब्जी लाइन प्रेम पुर्वेको चारतले घरको भुई तलामा रहेको मरमसला तथा अन्य खाद्यन्न गोदाममा बिधुत सर्ट भई शुक्रवार (आज) बिहान आगलागी भएको थियो । 

आगलागी भएको जानकारी प्राप्तसँगै इलाका प्रहरी कार्यालय दमक १० जनाको टोली खटि पुगेर विबरण लिएको हो । प्रहरीले दिएको आगलागी आगलागीको बिबरण अनुसार २० लाख रुपैयाँ बराबरको मरमसला तथा खाद्यन्न जलेर नष्ट भएको छ । 

आगो स्थानियबासी, प्रहरी र दमककलको सहयोगमा बिहान ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।