बिर्तामोड । 

झापाको बिर्तामोडमा १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मजदुरहरुले बिविध कार्यक्रम गरेर मनाएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघ झापाको आयोजनामा नेकपा (माओवादी केन्द्र) अन्तरगतका दर्जनौ मजदुरका संघ संगठनका प्रमुख तथा प्रतिनिधिलसहित मजदुरहरुको बाक्लो उपस्थितिमा बुधवार (आज) विविध कार्यक्रम गरेर श्रमिक दिवस मनाइएको हो ।  

बिर्तामोडस्थित अखिल नेपाल ढुवानी मजदुर संघको कार्यालयमा भेला भएका ६ सय वढी मजदुरहरुले   बिभिन्न नाराका प्लेकार्डसहित उक्त कार्यालयबाट इलाका प्रहरी कार्यालय, मुक्तिचोक, भगवान चोक हुँदै गौरीशंकर प्रतिष्ठानसम्म र्याली गरेका थिए । मजदुरहरुले १३५ औं मजदुर दिवस सफल पारौं, श्रम ऐन २०७४ का मजदुर विरोधी दफा खारेज गर, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर, संसारका मजदुर एक हौं, श्रम ऐन २०७४ लागू गर, वीर शहिद लाल सलाम, मजदुर एकता जिन्दावादलगायतका प्यलेकार्डसहित नारा गर्दै र्याली गरेका थिए । 

प्रतिष्ठानमा कोण सभामा परिणत भएको र्यालीमा मजदुरका बिभिन्न संघसंगठनका नेताहरुले मजदुरको हकअधिकारका लागि एकताबद्ध हुन आग्रह गरेका छन् । अखिल नेपाल यातायात मजदुर संघ अन्तरगत ढुवानी शाखा बिर्तामोड पूर्व इलाका समितिका अध्यक्ष नन्दी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्य रन्जित तामाङको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा प्रमुख अतिथि तामाङ, अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रिय उपाध्यक्ष भूपाल सापकोटा, महासंघकी उपमहासचिव सिता सापकोटा (सन्ध्या), महासंघका केन्द्रिय सदस्य उमेश रेग्मी, अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य बालकुमार केसी, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य हरि निरौला, अखिल नेपाल ढुवानी मजदुर संघका झापा अध्यक्ष जानकीप्रसाद भट्टराईलगायतले मजदुरका हक अधिकार स्थापित गर्न जोड दिएका थिए । स्वागत अखिल नेपाल टे«ड युनियन महासंघका झापा उपाध्यक्ष अभिनास धितालले स्वागत गरेको कार्यक्रमको सञ्चालन अखिल नेपाल टे«ड युनियन महासंघका झापा अध्यक्ष जगन्नाथ पौडेलले गरेका थिए । 

majdur

उक्त कार्यक्रममा अखिल नेपाल चिया मजदुर संघ, अखिल नेपाल पेट्रोल मजदुर संघ, अखिल नेपाल ढुवानी मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, अखिल नेपाल पसल मजदुर संघ, अखिल नेपाल सरसफाई मजदुर संघ, अखिल नेपाल रिर्टनी सेन्टर मजदुर संघ, अखिल नेपाल सेक्युरिटी मजदुर संघ, अखिल नेपाल निर्माण मजदुर संघ, अखिल नेपाल पेन्टर मजदुर संघलगायतका संघसंगठनका प्रमुख, पदाधिकारी, सदस्य तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । 

सोही कार्यक्रमकाबिच अखिल नेपाल यातायात मजदुर संघ अन्तरगत ढुवानी शाखा बिर्तामोड पूर्व इलाका समितिको निर्वाचित पदाधिकारी, सदस्य तथा सल्लाहकारको घोषणासमेत गरिएको थियो । 

केही दिन अघि भएको सम्मेलनबाट चयन भएको समितिको घोषणा प्रमुख अतिथि तामाङले गरेका थिए । सम्मेलनबाट अध्यक्षमा नन्दी चौधरी, उपाध्यक्षमा बिष्णु राजवंशी, सचिवमा इतवार मुर्मु, सह–सचिवमा जानेवाकर धिमाल, कोषाध्यक्षमा बिजय चौधरी र सदस्यमा छत्र राजवंशी, कमल राजवंशी र धर्म चौधरी चयन भएका थिए । त्यस्तै सल्लाहकारमा मुकेश धिमाल, रमेश धिमाल र नरेश राजवंशी चयन भएका छन् । सम्मेलनबाट निर्वाचतलाई अखिल नेपाल यातायात मजदुर संघका केन्द्रिय सदस्य पदम तामाङ, अखिल नेपाल ट्रेड युनियन महासंघ झापाका सचिव कैलाश पौडेललगायतले शुभकामना दिएका थिए ।