झापा । 

झापाको काँकरभिट्टा नाकाबाट ३८ लाख ३७ हजार ३२० रुपैयाँ बराबरको कपडा नियन्त्रण गरिएको छ । प्रहरीले मेचीनगर–७ स्थित गैरीगाउँबाट उक्त रकम बराबरको २२ बोरा र मेचीनगर–८ सालघारीबाट २९ बोरा गरी जम्मा ५१ बोरा लत्ता कपडा नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल प्रस्थावित सिमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको अवस्थामा मंगलबार (आज) नियन्त्रण गरिएको हो । 

उक्त सामान आवश्यक कारवाहीका लागि मेची भञ्सार कार्यालय काँकरभिट्टामा बुझाइएको छ भने  सो बिषयमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।