इलाम ।

इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५८३० भोटलेपछि पार्दै सुहाङ विजयी भएका हुन्। 

सुहाङले २७ हजार ७७२ भोट प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्काले २१ हजार ९४२ भोट प्राप्त गरेका छन् । 

त्यस्तै पहिचानवादी उम्मेदवार डकिन्द्र थेगिम ११ हजार ४५७ भोट ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५ हजार ५० भोट प्राप्त गरेका छन् । सुहाङ दिवंगत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङका कान्छा छोरासमेत हुन् ।