बिर्तामोड । 

झापाको बिर्तामोड–५ स्थित शनिचरे रोडमा ह्वाइट एन्जल ब्यूटी सैलुन सञ्चालनमा आएको छ । सैलुनमा टे«निङसहित रोजगारीको ग्यारेन्टी गरिने सञ्चालक सुजता गिरीले जानकारी दिइन् । 

दुबईको वरदुबईमा मुख्य कार्यालय रहेको सैलुनको चौथो शाखा बिर्तामोडमा सञ्चालनमा आएको हो । शाखाको उद्घाटन सोमवार (आज) एक कार्यक्रमकाबिच बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईले गरेका छन् ।

दुबईमा १४ बर्षदेखि मेचीनगरकी सुजता गिरी र रिता बरालको संयुक्त लगानीमा सैलुन सञ्चालनमा ल्याइएको बताइएको छ । उनीहरुकै साझेदारीमा बिर्तामोडमा पनि चौथो शाखाका रुपमा सैलुन खोलिएको बताइएको छ । सैलुनको दुबईमै तीन वटा शाखा सञ्चालनमा छन् ।

sailun

सैलुनमा रेखा भुजेल, सुजता गिरी र देबीका बिष्टले प्रशिक्षण प्रदान गर्ने जनाइएको छ । सीटीभिटीबाट मान्यता प्राप्त भएकाले सैलुनमा तालिम लिएर दुबई रोजगारीमा जानेहरुलाई फाइदा पुग्ने सञ्चालक सुजता गिरीले बताइन् । साथै उनले हालसम्म एक हजार एक सय बढीलाई सैलुनबाट तालिम प्रदान गरी रोजगारीमा संम्लग्न गराइएको बताइन् ।

बिदेश जान इच्छुक महिला दिदि बहिनिहरुलाई अनुभवी प्रशिक्षकबाट तालिम प्रदान गरेर  रोजगारीमा सहजता ल्याउने उदेश्यले नेपालमा सैलुनको शाखा बिस्तार गरिएको उनले बताइन् ।  

करीब ५० लाखको लगानीमा खोलिएको सैलुनमा प्रोटिन, बोटक्स, क्यारोटिन, स्मोथिक, हेयर हाइलाइट साथै कस्मेटीकका सम्पूर्ण सामाग्री उपलब्ध रहेको सञ्चालक गिरीको भनाई छ ।

सञ्चालक गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक तथा राजनीतिक ब्यक्तित्व पार्वत गिरी वडाध्यक्ष प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन भिम कुवँरले गरेका थिए ।