झापा ।

इलाम क्षेत्र नं. २ को प्रतिनिधि सभा अन्तगरतको उपनिर्वाचनमा इलाममा नेकपा एमाले र बझाङ क्षेत्र १ अन्तरगत भएको प्रदेश सभाको  उपनिर्वाचनमा नेपाली कांग्रेजले अग्रता कायम गर्दै आएका छन् । 

पछिल्लो मत गणना अनुसार इलामा एमालेमा उम्मेदवार सुहाङ नेम्वाङले १ हजार ९२४ को मतान्तर  बनाएका छन् भने बझाङमा कांग्रेसका अभिषेक बहादुर सिंह २६४ मतान्तर बनाएका छन् । 

इलाम–२ को उपनिर्वाचनको मतगणना फाकफोक थुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको १, २, ३ र ५ वडाको मत गन्दा एमाले सुहाङले ७ हजार ३३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी डम्बरबहादुर खड्काले ५ हजार १०९ मत ल्याएका छन् ।त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ३ हजार ५१३ मत र रास्वपा उम्मेदवार मिलन लिम्बु १ हजार १०२ मत प्राप्त गरेका छन्  । 

यता बझाङ क्षेत्र १ अन्तरगत प्रदेश सभा १ मा भएको उपनिर्वाचनको २० हजार ३३ मत गन्दा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता बनाएको छ ।

नेपाली कांग्रेसका  सिंहले ७ हजार ४९२ मत ल्याउँदा उनलाई एमालेका दमनबहादुर भण्डारीले ७ हजार २२८ मत ल्याउँदै पछ्याइरहेका छन् ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले २ हजार ८९५ मत ल्याएका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार १०२ मत ल्याएका छन् ।