झापा । 

कृषि ज्ञानकेन्द्र झापाले समृद्धि दिदिभाई कृषि फर्मलाई ढुवानीको साधन प्रदान गरेको छ । ज्ञानकेन्द्रले शुक्रबार झापा गाउंपालिका ६ स्थित किंराँतचोकमा  सवारी साधन  हस्तान्तरण गरेको हो । 

व्यवसायीक केरा खेतीका लागि ढुवानी साधन खरिद सहयोग कार्यक्रम अन्तरर्गत सो फर्मलाई ५० प्रतिशत अनुदान प्रदान गरिएको ज्ञान केन्द्रका प्रमुख सागर बिष्टले जानकारी दिए । उत्पादित केराको बजारीकरणमा सहयोग पु¥याउन पिकअप गाडि सहयोग गरिएको उनले बताए । 

 ढुवानीका साधनमा फर्म र ज्ञान केन्द्रको  ५०÷५० प्रतिशत लगानी छ । दिदिभाई कृषि फर्मको ८ लाख र ज्ञान केन्द्रको ८ लाख गरि कुल १६ लाखमा खरिद गरिएको सानो गाडि हस्तान्तरण गरिएको हो । फर्मले झापा गाउँपालिकाको ६ र ७ नम्बर वडामा १० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएको छ ।