झापा । 

 झापाको मेचीनगर नगरपालिकाको छुट्टा–छुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । गएराती ८ः३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.१२ देउनिया पुल स्थित लोकमार्गमा भएको सवारी दुर्घटनामा एक जनामो मृत्यु भएको छ । 

बिर्तामोडवाट चारआलीतर्फ आउँदै गरेको मे ११ प १६०९ नं. को मोटरसाईकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक तत्काल नामथर वतन नखुलेको अन्दाजी ४० बिषय पुरुष मानिस गम्भिर घाईते भई उपचारको लागी बीएण्डसी अस्पताल बिर्तामोड लाने क्रममा बाटोमै मृत्यु भएको सोही अस्पतालको डाक्टरद्धारा घोषित गरिएको प्रहरीले जनाएको छ । सवारीसाधन प्रहरी चौकी चारआलीको नियन्त्रण रहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी मेचीनगर–३ बडाखाल टोलस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन् । बिहीवार अन्दाजी १५ः३० बजेको समयमा ईटाभट्टाबाट बौदमोडतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५८४९ नम्बरको मोटरसाईकल र बिपरीत दिशाबाट आउदै गरेको ग २३ प २३९८ नम्बरको मोटरसाईकल एक आपसमा ठक्किदा दुबै मोटरसाइकलमा सवार पाँच जना घाइते भएका हुन् । 

दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–७  का २८ बर्षि तीर्थ दाहाल, सोही स्थानका २४ बर्षिय  रुपेश गिरी, ३४ बर्षिय मदनकुमार अधिकारी, अर्का मोटरसाईकल चालक सप्तरी बोदेबर्साईन नगरपालिका–८ का २१ बर्षिय मुकेश यादब र सोही स्थानका २१ बर्षिय ओमप्रकाश यादब घाइते भएका छन् । घाइते उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको र दुबै मोटरसाइकल अस्थाई प्रहरी पोष्ट भृकुटीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको अवस्था सामान्य रहेको र दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।