इनरुवा । 

झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको नेपालकै नम्बर वान सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको इनरुवा सेवा केन्द्रले बाख्रापालन ब्यवस्थापन तालिम दिएको छ । 

सहारा साकोसले बिहीवार (आज) सुनसरीको इनरुवा–९ वबियास्थित शहिद श्याम सुन्दर प्राथमिक बिद्यालयमा बाख्रापालकलाई तालिम प्रदान गरेको सेवा केन्द्र प्रमुख सुभाष झाले जानकारी दिए । 

सहारा नेपाल साकोसका पशु प्राविधिक भुपेन्द्र अमात्यले सहजीकरण गरेको तालिममा ४७ जना बाख्रापालकको सहभागीता रहेको थियो । 

रानी सहारा महिला समुहकी अध्यक्ष लीला मेहताको अध्यक्षतामा भएको कार्यक्रममा गाइघाट अनुगमन अधिकृत रतन तिम्सिनाको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा अनुगमन अधिकृत तिम्सिनाले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी दिएका थिए भने सेवा केन्द्र प्रमुख झाले बस्तुस्थितिका बारेमा जानकारी दिएका थिए । 

कार्यक्रमको सञ्चालन सेवा केन्द्रका बरिष्ठ सहायक राजेशकुमार साहले गरेका थिए । कार्यक्रममा सेवा केन्द्र कर्मचारी राम बिनोद रामलगायतको उपस्थिति रहेको थियो ।