झापा ।  

झापाको झापा गाउँपालिका वडा नम्बर १ सितुमारी कार्की चोकबाट प्रतिबन्धित लागू औषधसहित दुई जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल बिओपी टाघन्डुब्बाबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई बुधवार (आज) पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जिल्ला किसनगञ्ज सिंहिमारी ग्रामपंचायत–८ भारतका ५५ बर्षिय अजुमुदिन आलम र सहि स्थान कदुभिट्टा ग्रामपंचायत–२ का २६ बर्षिय मुस्ताहक आलमलाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर फेला परेको थियो । 

उनीहरुको साथबाट अन्दाजी ९१ ग्राम ३८० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।