झापा । 

पूर्वी नाँका काँकरभिट्टा बन्द गरिएको छ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित काँकरभिट्टा नाका सिल भएको छ ।

बैशाख १४ गते भारतमा १८ औँ लोकसभा निर्वाचन  हुने भएकोले उक्त निर्वाचन अवधिभर नेपाल भारत सिमानाका सिल गरिएको हो । 

भारतको दार्जिलिङ जिल्लाबाट पत्र प्राप्त भएको र  जिल्ला झापा मेचीनगर नगरपालिका ६ काँकरभिट्टा स्थितमा रहेको नेपाल भारत सिमा नाँका मिति बैशाख गते साँझ ६ बजेदेखि बैशाख  १५ गतेसम्मको लागि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।