झापा ।  

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ पानीकलबाट लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नं. ८ बागेडाँगीका ३१ बर्षिय रविन चौधरी छन् । 

पानिकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडक खण्डमा लागू औषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली आइतवार चौधरीलाई पक्राउ गरेको हो । 

अर्जुनधारा–४ अन्दाजी २७ बर्षि बिमल राई प्रहरीलाई देख्न साथ फरार भएका र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । 

रविन चौधरीको शरीर तलासी गर्दा कालो प्लाष्टिकले पोका भित्रबाट सेतो प्लाष्टिकको पोका प्याक गरेको अवस्थामा हातमा बोकिरहेको लागूऔषध खैरो हेरोइन फेला परेको प्रहरीले बताएको छ । 

उनको साथबाट प्लाष्टिक बाहेक ४० ग्राम ८२० मिलिग्राम खैरो हिरोइन फेला पारी  सामानसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी झापा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।