शिवसताक्षी । 

नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरले  वडा सम्मेलनलाई तीव्रता दिएको छ । पार्टी सदस्यता नवीकरण सम्पन्न भइसकेका वडामा सम्मेलन र बाँकी रहेको वडामा नवीकरण, टोल समिति र सेल समिति निर्माण गर्दै अगाडि बढेको नगर अध्यक्ष महेन्द्र भट्टराईले बताएका छन् ।

वडा नम्बर ७ को अध्यक्षमा मणि माझी चयन भएका छन् । माझीको अध्यक्षतामा १७ सदस्यीय कमिटी चयन भएको हो । वडा समितिको उपाध्यक्षमा  गेहनाथ आचार्य, सचिवमा गंगा श्रेष्ठ, सह–सचिवमा पन्च तामाङ, कोषाध्यक्षमा सुनिता राई चयन भएका छ्न् । 

वडा नम्बर ८ को अध्यक्षमा  बिष्णु दास राई  चयन भएका छन् । राईको अध्यक्षतामा १९ सदस्यीय कमिटी चयन भएको हो । समितिको उपाध्यक्षमा  पर्शुराम खतिवडा,  सचिव  प्रेमकुमारी घिमिरे, सह–सचिव गणेश श्रेष्ठ र कोषाध्यक्षमा रिता लामा थापा चयन भएका छ्न् । 

त्यस्तै वडा नम्बर १० को अध्यक्षमा  नन्दप्रसाद राया चयन भएका छन् । रायाको अध्यक्षतामा २५ सदस्यीय कमिटी चयन भएको हो ।

समितिको उपाध्यक्षमा  जय नारायण योगी,  सचिवमा रबिन नेउपाने, स–सचिवमा पदमा जबेगु लिम्बु र कोषाध्यक्षमा कविता श्रेष्ठ  चयन भएको नगर अध्यक्ष भट्टराईले जनकारी दिए।

नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज झलकसिंह दर्लामीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  पार्टीका केन्द्रिय सदस्य ज्योति सिंह दर्लामी, प्रदेश सदस्य कल्पना कार्की,  जिल्ला सदस्यहरु, नगर उपाध्यक्ष गणेश बजगार्इ सचिव सन्जय राई, कम्यूनिष्ट आन्दोलनका अगुवा, जेष्ठ नागरिक, जनमुक्ति सेना  र सहिद परिवारको उपस्थिति रहेको अध्यक्ष भट्टराईले बताए । बैशाख महिना भित्र नगरको वडा सम्मेलन सम्पन्न गरिसक्ने अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।