बिर्तामोड । 

झापाको बिर्तामोडस्थित मुक्तिचोकमा कारको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । शनिबार राति साढे १० बजेको समयमा चारपानेबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्र.१–०१–००२ च १९० नम्बरको कारले पैदल यात्री मेचीनगर–१२ का ११ बर्षिय सन्तोष रोकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट घाइते सन्तोषलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । घाइते उनको उपचारको क्रममा आइतबार बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

कार चालक मेचीनगर–१ का २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय अनारमनीले  नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।