भद्रपुर । 

नेकपा (माओवादी केन्द्र) भद्रपुर वडा नम्बर ९ को अध्यक्षमा रबिन सुब्बा चयन भएका छन् । शनिवार भद्रपुरमा भएको पार्टीको वडा अधिवेशनबाट सुब्वाको अध्यक्षतामा १७ सदस्यीय कमिटी चयन भएको हो । 

वडा समितिको उपाध्यक्षमा केशव खतिवडा सचिवमा सन्तोष ढुंगाना, सह–सचिवमा खेम पाठक,  कोषाध्यक्षमा कृष्णमाया खनाल चयन भएका छन् । त्यस्तै सदस्यमा घटम राजबंशी, निरासा राजबंशी, मदन राजबंशी, रेणुका उप्रेती, देवी चौधरी, कर्ण राजबंशी, रतन राजबंशी, देवन राजबंशी, कुलप्रसाद खरेल, बिमला धिमाल, डिल्ली थापा, सोम तिवारी रहेका निर्वाचन समिति संयोजक हेम भन्डारीले जानकारी दिए । 

नेकपा माओवादी केन्द्र  कोशी प्रदेश सचिवालय सदस्य तथा ३ नम्बर क्षेत्र इन्चार्ज डिल्ली घिमिरेको प्रमुख आथित्यमा भएको कार्यक्रममा सम्मेलनमा कम्यूनिष्ट आन्दोलनका अगुवा जेष्ठ नागरिक बिष्णु शिवाकोटी  र सहिद क गंगा मिश्रका परिवारलगायतलाई सम्मान गरिएको थियो । 

 कार्यक्रममा माओवादी भद्रपुर नगर सह–इन्चार्ज पुकार राजबंशी, मेदनी शिवाकोटी प्रदेश सल्लाकार दिनानाथ उप्रेतीलगायतले शुभकामना मन्तब्य राखेका थिए । सम्मानित ब्यक्तित्व बिष्णु शिवाकोटीले  नेपालको कम्युनिष्ट आन्दोलनमा माओवादी पार्टीले गरेको योगदानका बिषयमा चर्चा गरेका थिए । 

याम खरेल (राम) को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केशव खतिवडा र सञ्चालन रबिन सुब्बाले गरेका थिए ।