सुरुङ्गा । 

जामुनवारी सामुदायिक बन उपभोक्ता समुह तथा जामुनखाडी सिमसार पर्यटकीय क्षेत्रको निर्वाचित पदाधिकारी तथा कार्य समिति सदस्यले बिजयी र्याली गरेका छन् । स्वतन्त्र रुपमा प्यानल खडा गरी अध्यक्षमा पर्शुराम गिरी र सचिवमा दिपक ओली निर्वाचित भएपछि शुक्रवार (आज) कनकाई स्वतन्त्र गणतान्त्रिक समुहले बन क्षेत्रमा बिजयी र्याली गरेका हो । 

बिहीवार (हिजो) भएको निर्वाचनबाट उपाध्यक्षमा रेनुका खवास, कोषाध्यक्षमा चेतकुमारी सापकोटा, सदस्यमा चित्रकुमार श्रेष्ठ, अर्जुनकुमार गिरी, गिता गुरागाई र दिलबहादुर गिरी निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यमा दुर्गा बर्देवा, बलबहादुर भुजेल, उषादेवी भुजेल, लुमा दाहाल अधिकारी, अशोककुमार न्यौपाने र जानुका गुरागाई निरौला सर्वसम्मत भएका छन् । कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संरक्षक शेरबहादुर थापासहितको टोलीले निर्वाचन कार्य समितिका साथमा उपभोक्ता तथा मतदाताका घर–घरमा बिजयी र्याली गरेको हो । 

ban 3

कनकाई स्वतन्त्र गणतान्त्रिक समुहका संरक्षक शेरबहादुर थापाले राजनीतिक दलहरुको गलत नीतिकै कारण पार्टीप्रतिको बितृष्णाको नतिजा स्वतन्त्रको जीत भएको बताएका छन् । 

गिरी सामुदायिक बनको स्थापना काल २०५२ सालदेखि संस्थापक सदस्यका रुपमा रहँदै २०५८ देखि ०७५ सालसम्म १७ बर्ष ३ महिना अध्यक्षका रुपमा काम गरिसकेका अनुभवी ब्यक्ति हुन् ।  निर्वाचित गिरीले सुस्ताउँदै गएको पर्यटकीय क्षेत्रको विकाससँगै बन्यजन्तुको संरक्षण, सिमसार क्षेत्रको विकाससँगै उपभोक्तमको धेरै आशा र अपेक्षा भएकाले उनीहरुको मनोभावना अनुसार कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । म जित्दा जती खुसी छु’ गिरीले भने ‘त्यो भन्दाबढी चिन्ता आगामी सुनौती र किासको लागि छु ।’ स्वतन्त्रबाट सचिवमा निर्वाचित दीपक ओलीले सामुदायिक बन स्थापनाका समयमा जुन छवि थियो त्यस अनुसार कार्य गर्ने प्रतिवद्धता जनाएका छन् । 

गिरी अध्यक्षका उम्मेद्वार कांग्रेसका तर्फका बुद्धिमान बोहोरा र एमालेका तर्फकी सिता अधिकारीलाई भारी मतान्तरपछि पार्दै बिजयी भएका थिए ।