बिराटनगर ।

मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ  । 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मोरङको लेटाङ नगरपालिका–९ का रोशन दर्जी र ३१ बर्षीय सुदन परियारलाई लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरीको टोलीले बुधवार नियन्त्रणमा लिएको हो । 

 चेकजाँच गर्दा उनीहरुका साथबाट ७ ग्राम १ मिलिग्राम लागूऔषध ब्राउनसुगर फेला परेको थियो । पक्राउ परेका दुबैजनाको इलाका प्रहरी कार्यालय रानीबाट कानूनी प्रकृया भइरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।