झापा । 

शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघ झापाको अध्यक्षमा नेत्रप्रसाद खरेल निर्वाचित भएका छन् ।  महासंघको दोस्रो जिल्ला अधिवेशनबाट खरेल अध्यक्षमा निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन समितिका संयोजक निर्मला  कोइरालाको संयोजकत्वमा गठित निर्वाचन समितिले  आज नयाँ समिति  घोषणा गरेको हो ।

उनले   फागुन २२ गते जिल्लाका १५ वटै पालिकामा महासंघको इकाइ  गठन  भइसकेको र यही बैशाख १० गतेदेखि काठमाडौंमा केन्द्रीय महाधिवेशन  गर्नुपर्ने भएकाले सबै शिक्षक संघ संगठनसंगको  सल्लाहमा महासंघको जिल्ला नेतृत्व गठन गरिएको जानकारी दिइन् । 

महासंघको  जिल्ला नेतृत्व चयन भएपनि सबै संगठनहरुले  नाम नदिएका कारण समितिले पूर्णता पाइसकेको छैन । हालसम्म  सह–अध्यक्षमा विश्वनाथ राजवंशी,  सहसचिवमा  टिकाराम खवास,  सहसचिव (महिला)  शारदा प्रसाई  पाठक तथा सदस्यहरुमा रत्नबहादुर कटुवाल, मित्र खनाल,  साहिद हुसैन, कुमारी उषा अधिकारी,  सोमनाथ  गुरागाँई र प्रकाशचन्द्र गौतम चयन भएका छन् ।

त्यस्तै संस्थागत सहसचिवमा  राजेन्द्रप्रसाद प्रसाई र विष्णुप्रसाद भट्टराई रहेका छन् भने  राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा  महेन्द्र विलास लुइटेल, धर्मानन्द निरौला, हरि सुवेदी, इन्दिरा कँडेल चुडाल, सरिता चेम्जोङ, प्रदेश महाधिवेशन प्रतिनिधिमा  लेखनाथ पौडेल, हरि पोखरेल,  जीतलाल चौधरी,  गोविन्द काफ्ले, लक्ष्मण राजवंशी र  गीतासरी राजवंशी चयन भएका छन् ।