झापा ।  

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ नयाँ बसपार्कस्थित पुरानो माउण्ट मेची होटल एण्ड लजबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ गाउँपालिका–१ मकरा स्थायी घर भई हाल सोहि होटलमा काम गरी बस्ने २२ बर्षिय सगुन राई छन् । 

प्रतिबन्धित औषधि बिक्रि बितरण गरिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोमबार इलाका प्रहरी कार्यालय अनारमनी र अस्थाई प्रहरी पोष्ट बसपार्कको प्रहरी टोली उक्त होटलमा पुगेर चेकजाँच गर्दा होटल भित्र काउण्टरमा प्रतिबन्धित औषधीहरु सहित राईलाई नियन्त्रणमा लिइएको हो । 

Tramadol–50 mg ३५७ पत्ता ३.७७५ ट्याब्लेट, Spaspain लेखिएको ७ बट्टा, ३.७४३ ट्याबलेट, PREGSTAR–75 लेखिएको ३ बट्टा २७७ ट्याबलेट, GABIX–75 लेखिएको ३ बट्टा ३०० ट्याबलेट, VOMINE–25 लेखिएको १२८ ट्याब्लेट र ANTIKOF लेखिएको ११३ ट्याब्लेट त्यहाँबाट प्रहरीले फेला पारेको थियो । 

राईलाई नियन्त्रण गरी इलाका प्रहरी कार्यालय अनारमनी राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।