झापा ।

इलाका प्रहरी कार्यालय राजगढले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लावारी नगरपालिका–५ का ३० बर्षिय दिपक मर्डी रहेका छन् ।

गत चैत्र २८ गते झापाको कचनकवल गाँउपालिका–१ घेरावारीबाट स्थानीय ६० बर्षिय नरेन्द्र चोङवाङको प्रदेश ०१–०१–०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाईकल चोरी गरेर फरार रहेका मर्डीलाई पक्राउ गरिएको छ । 

आइतवार झापाको कनकाई नगरपालिका–२ सेल्फी डाँडाबाट प्रहरीले पक्राउ गरेको छ । चोरीको मोटरसाइकलसहित पक्राउ परेका मर्डीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।