झापा । 

सवारी दुर्घटनामा झापाको अर्जुनधाराका एक जनाको मृत्यु भएको छ । गएराती अन्दाजी २३ः३० बजेको समयमा कमल गाउँपालिका वडा न.३ सानो केर्खा स्थित राजमार्गमा भएको सवारी दुर्घटनाका घाइतेको उपचारको क्रममा मृत्यु भएको हो । 

दमकबाट विर्तामोडतर्फ जाँदै गरेको बा ६४ प १४०० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किदा अर्जुनधारा–४ का २७ बर्षिय पिरती भन्ने  विष्णु लिम्वु घाइते भएका थिए ।

घाइते लिम्बुलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको थियो । राती १२ः ३० वजे अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

मोटरसाइकल पछाडी सवार सोही स्थानका १५ बर्षिय विपल नेपालको सोहि अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।