बिर्तामोड । 

अखिल (क्रान्तिकारी) दमक बहुमुखी क्याम्पसको १० औ इकाई सम्मेलनबाट अध्यक्षमा प्रविण योगी निर्वाचित भएका छन् । शनिवार (आज) दमकमा भएको १० औ इकाई सम्मेलनबाट योगीको अध्यक्षतामा ४५ सदस्यीय कमिटी चयन भएको हो । 

कमिटीको उपाध्यक्षमा  सागर थापा, सिसम्पा गुरुङ, मनिष बुढाथोकी, सचिवमा प्रविन कार्की, सह–सचिवमा अनिस विष्ट, सविना उप्रेती, रेगन दुतराज र कोषाध्यक्षमा प्रयुसा राईसहित ४५ सदस्यी निर्वाचित भएका छन् । 

इकाई संयोजक लक्ष्मी नेपालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल(क्रान्तिकारी) का पूर्व केन्द्रिय अध्यक्ष तथा नेकपा (माओबादी केन्द्र) का केन्द्रिय सदस्य रन्जित तामाङको प्रमुख आतिथ्य रहेको झापा अध्यक्ष रन्जन धमलाले जानकारी दिए । 

कार्यक्रममा प्रमुख अतिथि तामाङ, झापा अध्यक्ष रन्जन धमला, नगर अध्यक्ष रबी बस्नेत, प्राध्यापक राधिका ओझालगायतले शुभकामना मन्तब्य राखेका थिए ।