झापा । 

झापाको काँकरभिट्टामा एक जना मृत फेला परेका छन् । मेचीनगर नगरपालिका वडा नम्बर ६ स्थित बर्मेली टोलका ५२ बर्षिय श्यामनाथ बन्जारा आफ्नै घरमा मृत फेला परेका हुन् । 

उनी गएराती आफ्नै घरको सिडिको माथि रहेको भेन्टिलेसनमा गम्छाको पासो लगाएको अवस्थामा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बन्जारा मृत अवस्थामा रहेको शुक्रवार (आज) बिहान ६ बजेको समयमा भेटेपछि आफन्तले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी गराएका थिए । 

खवर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले घटनास्थल सुरक्षित राखेर थप अनुसन्धान तथा कानुनी प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ ।