झापा । 

झापाबाट लागूऔषध ब्राउन सुगर र नगदसहित एक युवती पक्राउ परेका छन् । काँकरभिट्टास्थित मेची पुलबाट ब्राउन सुगरसहित एक युवती पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलमाबाट ती युवती ब्राउन सुगर र नगदसहित पक्राउ परेकी हुन् । 

 भारतको पानीट्याङ्कीबाट नेपालतर्फ सिटी सफारीमा चढेर आउँदै गरेकी सुनसरीको रामधुनी नगरपालिका–७ की २४ वर्षीया कन्चन परियारलाई ब्राउन सुगर र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लागू औषध ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँच गर्दा परियारको साथबाट एक लाख ३९ हजार नगद, सात सय मिलिग्राम ब्राउन सुगर, सादा मोबाइल सेट र नागरिकताको प्रतिलिपि फेला पारेको थियो । उनलाई आवश्यक कारबाहीको इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।