झापा ।  

झापाको मेचीनगर नगरपालिका वडा नम्बर १५ स्थित निन्दा खोलाबाट नदिजन्य पदार्थ ओसारपसार गर्ने तीन वटा ट्याक्टर पक्राउ गरेको छ । 

अबैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गर्ने मे.१ त.४६१, मे.१ त.४०२९ र नम्बर नखुलेको एउटा गरी तीन वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । 

नदिजन्य पदार्थ मिक्स गिट्टी अवैध रुपमा ओसार पोसार गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी गस्ति टोलीले आइतवार फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रण गरिएका ती ट्याक्टरलाई आवश्यक कार्वाहिको लागि मेचीनगर नगरपालिकाको कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।