झापा । 

झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ११ मा बुधवार साँझ ५ः४५ बजेको समयमा (आज) जंगली हात्तीले कृल्चिएर एक जना घटना स्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

दुधेबाट उत्तर रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न शिवसताक्षी–११ का अन्दाजी ६० बर्षिया पबित्रा भेटवाललाई हात्तीले कुल्चिएर लछारपछार पार्दा घटना स्थलमै मृत्यु भएको हो । 

उनका श्रीमान  अन्दाजी ६२ बर्षिय दिलिप भेटवाललाई समेत लछार पछार पार्दा मुख हात र शरिरको बिभिन्न भागमा चोट लागेर अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

 घाइते भेटवालको बिर्तामोडस्थित बिर्तासिटि अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । घटना स्थलमा इलाका प्रहरी कार्यालय झिलझिल प्रहरी टोली गएर कानुनी प्रकृया भइरहेको प्रहरीले जनाएको छ ।