बिर्तामोड । 

पछिल्लो समय बिद्युतिय सवारी साधनमा उपभोक्ताको आकर्षण वढ्दै गएको छ । पेट्रोलियम पदार्थको असजता तथा मूल्यबृद्धिसँगै उपभोक्ताको बिद्युतीय सवारी साधनमा आकर्षण बढेको हो । 

उक्त कुरालाई ध्यानमा राख्दै चौधरी ग्रुपको सिजी मोटर्स प्रालिको आधिकारिक बिक्रेता फोटेक्स डिस्ट्रिब्यूटर प्रालिले बिर्तामोडमा झापाका बैंकका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ । 

बैंकहरुले बिद्युतीय गाडीमा लगानी गर्ने उदेश्यका साथ झापा भरीका १५ वढी बैंकका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा प्रालिले अन्तरक्रिया कार्यक्रम गरेको कम्पनीकी सह–संस्थापक रुशा खानलले जानकारी दिइन् । 

नेटा, किङलोङ र केवाइसी कम्पनीका इलेक्ट्रिक गाडी बिक्री बितरण गर्दै आएको फोटेक्सको झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका लागि आधिकारिक बिक्रेता हो । फोटेक्सको कार्यालय बिर्तामोड–५ शनिश्चरे रोडस्थित महानन्द चोकमा रहेको छ । 

बैंकहरुका प्रमुख तथा प्रतिनिधिहरुलाई  फोटेक्स डिस्ट्रिब्यूटर प्रालिका सह–संस्थापक सुवास निरौलालले प्रस्तुतीकरण दिएका थिए । उनले कम्पनी, कम्पनीको समुह, वर्कशप, बिद्युतीय गाडीमा लगानी गर्दा बैंकहरुलाई हुने फाइदालगायतका बिषयमा प्रस्तुतीकरण दिएका थिए । 

फोटेक्स डिस्ट्रिब्यूटर प्रालिका संस्थापक डा. रुपक खनालको अध्यक्षतामा भएको कार्यक्रममा एक्सेल डेभलोपमेन्ट बैंकका उपप्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन फोटेक्स डिस्ट्रिब्यूटर प्रालिकी सह–संस्थापक रुशा खनालले गरेकी थिइन् ।