झापा । 

झापाको गौरादह नगरपालिका वडा नम्बर ५ बालुबथानको एक गोठमा आगलागी भएको छ । सोही स्थानका देविदास अधिकारीको टिनको छानो भएको गोठमा शुक्रवार (आज) अचानक १ः४० बजेको समयमा आगलागी भएको हो । 

आगलागीबाट गोठ र गोठमा रहेका समान जलेर नष्ट हुँदा एक लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रहरी चौकी महारानीझोडामा जानकारी प्राप्त हुन साथ प्रहरी टोली गएर गौरादह नगरको दमकल, स्थानियबासी र प्रहरीको सहयोगमा २ बजे पूर्ण रुपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।