झापा । 

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ स्थित फुलबारी टोलबाट दुई जना काँचो सुपारी चोर पक्राउ परेका छन् । टिकादेवी गिरीको सुपारी बगानबाट काँचो सुपारीसहित बिहीवार साँझ दुई जना पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा अर्जुनधारा–७ बस्ने सुनिल राई र अर्जुनधारा–८ का आलो भन्ने सुरज मण्डल छन् । सुपारी झारी बोरामा हालेर चोरी गरी लादै गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो । 

राई र सुरज मण्डललाई सुपारी बगानबाटै बिभिन्न रंगको ५ वटा प्लाष्टिकको भरी बोरामा काँचो सुपारी ठूलो डिजिटल तराजुमा राखेर तौल गर्दा १८३ किलो ग्राम जसको मूल्य अन्दाजी १० हजार ९८० रुपैयाँ हुन्छ ।

प्रहरी चौकी शनिश्चरेको प्रहरी टोलीले सुपारीसहित उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय  अनारमनी बिर्तामोडमा ल्याएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।