मोरङ।

मोरङको ग्रामथान गाउँपालिका–५ मा पिकअप गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । बिहीवार (आज) बिहान को. २ च २१७ नम्बरको दुध बोक्ने पिकअप गाडीले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिदा साइकलमा सवार ग्रामथान गाउँपालिका–३ का ५६ बर्षीय हुवालाल माझी घाईते भएका थिए । 

घाईते माझीलाई उपचारको लागि आर्या न्युरो अस्पताल बिराटनगर लागिएकोमा उनको अस्पताल पुर्‍याउन साथ मृत्यु भएको थियो ।

घटनामा संलग्न ठक्कर दिने पिकअप र पिकअप चालक बिराटनगर महानगरपालिका १ का ३९ बर्षीय राजेश गुप्तालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।