संखुवासभा।

संखुवासभाको पाँचखपन नगरपालिका–९ याङ्सिजुङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

वानातर्फ आउँदै गरेको बा. ४० प १७९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट जाँदै गरेको को. ३७ प १८४२ नंम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा को. ३७ प १८४२ नंम्बरको मोटरसाईकल सडकबाट अन्दाजी १० मिटर तल खसि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल पछाडी सवारको मृत्यु भएको हो । 

 स्थानीय ६५ बर्षीय पदमबहादुर बिश्वकर्मको घटनास्थानमै मृत्यु भएको थियो । दुर्घटनामा परी घाईते भएका मोटरसाईकल चालक २७ बर्षीय कमानसिं बिश्वकर्मा र अर्को मोटरसाईकल चालक धनकुटा नगरपालिका–१० का २३ बर्षीय पदम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय वानाबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।