उदयपुर ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–६ बाट नियन्त्रित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार (आज) जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री इटरुवाविष्णुपुर गाउँपालिका–४ सप्तरीका २७ बर्षीय जगर्नाथ दास पक्राउ परेका हुने ।

उनलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट फेनारगन, डाइजोपाम, र लेजेसिक गरी जम्मा ६० एम्पुल नियन्त्रित औषधी फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका–६ बाट नियन्त्रित औषधीसहित प्रहरीले त्रियुगा–६ का २७ बर्षीय  बिरेन्द्र मरिकलाई पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले बिहीवार मरिकलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट फेनारगन, डाइजोपाम र ब्रुपिनफिन गरी जम्मा १५ एम्पुल नियन्त्रित औषधीसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको  सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।