झापा । 

झापाबाट ३७ लाख ५१ हजार ४४० रुपैयाँ बराबरको सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले फागुन महिना भित्र बिभिन्न स्थानहरुबाट भारतबाट नेपालतर्फ र नेपालबाट भारत तर्फ ओसारपसार भइरहेका उक्त मूल्य बराबरको बिभिन्न सामाग्री नियन्त्रणमा लिएको हो । 

कस्मेटिक आइटम, किराना सामाग्री, लत्ताकपडा, सवारी साधनका पार्टस तथा बिद्युतिय पार्टसहरु, सुर्तिजन्य पदार्थसहित ९ वटा सवारी साधन र २६ वटा पशु चौपायालाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको हो  । 

त्यसैगरी गरी अदालतहरुबाट विभिन्न मितिको फैसला अनुसार फरार रहेका प्रतिबादीहरु मध्ये फागुन महिना भित्र जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले १०६ जना फरार प्रतिबादीहरुलाई पक्राउ गरी झापा जिल्ला अदालतमा उपस्थित गराएको छ प्रहरीले जनाएको छ । 

 जसमा १३ बर्ष ६ महिना ११ दिन कैद र १४ लाख ६५ हजार ७२२ रुपैयाँ जरिवाना असुलउपर गरिएको प्रहरीले जनाएको छ ।

संकेत तस्वीर