बिर्तामोड । 

मोबाइल एशोसिएसन बिर्तामोडले बिर्तामोड उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मानसहित परिचयात्मक कार्यक्रम गरेको छ । एशोसिएसनले सोमबार (आज) बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी उनिहरुलाई आगामी कार्यकालको लागि बधाईसहित शुभकामना दिएको हो । 

एशोसिएसनका बरिष्ठ उपाध्यक्ष सुप्रित खनालको अध्यक्षतामा  भएको कार्यक्रममा  बिर्तामोड नगरपालिका नगर प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि प्रसाईले नव निर्वाचित संघका पदाधिकारी तथा सदस्यलाई संघसँग सहकार्य गरेर अगाडि बढ्ने बताइन ।

स्वागत एशोसिएसनका उपाध्यक्ष ऋषि भण्डारीले गरेको कार्यक्रममा बिशेष अतिथि बिर्तामोड उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले बिताृमोड नगर अध्यक्ष सुवास भट्टराई, बिर्तामोड–३ का ववडाध्यक्ष मदन बुढाथोकीलगायतले आ–आफ्नो भनाईसहित सहकार्य गरेर अगाडी बढ्नेमा जोड दिदै शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन एशोसिएसनका  महासचिव सन्जय शाहले गरेका थिए ।

कार्यक्रममा नव निर्वाचित संघका अध्यक्ष राजु न्यौपाने, कोषाध्यक्ष युवराज निरौलाले निर्वाचन अगाडि आफुले गरेका गरेका प्रतिबद्धता अनुरुप कार्य गर्ने बताए । उनीहरुले आफ्ना प्रतिबद्धता पूरा गर्न स्थानीय सरकारसँग सहकार्य गरेर जाने उल्लेख गरे । 

गत फागुन १४ गते सम्पन्न संघको निर्वाचनबाट अध्यक्षमा न्यौपाने, बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु),  उद्योग उपाध्यक्षमा विशाल थापा, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जन सम्पर्क उपाध्यक्षमा गोमा भट्टराई ,महासचिवमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, बाणिज्य सचिबमा राजकुमार शाह,  कोषाध्यक्षमा युवराज निरौला, सह–कोषाध्यक्षमा तिलोतमा खत्री निर्वाचित भएका थिए ।

त्यसैगरी सदस्यमा अनन्तलाल महत्तो, कृष्णप्रसाद बजगाई, केदार खनाल, डिल्लीराम कोईराला, दिनेश श्रेष्ठ, रमेश घिमिरे, सत्रुघनप्रसाद गुप्ता, सुशिलाकुमारी कार्की र शुस्मा उप्रेती सुवेदी निर्वाचित भएका थिए ।