झापा । 

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १ धरमपुरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ५ बजे दुर्घटना भएको थियो । 

पूर्व पश्चिम राजमार्ग अन्तरगत धरमपुरमा दमकबाट काँकरभिट्टातर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले बिपरित दिशाबाट जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी–११ का २५ बर्षिय राहुल थापा मगर गम्भिर घाइते भई उपचारको लागि बीएण्डसी हस्पिटल बिर्तामोड लगिएको थियो । 

घाइते राहुलको उपचारकै क्रममा साँझ ६ः५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बसमा सवार रहेका २५/३० जना सकुशल रहेको मोटरसाइकल, बस र बस चालक बुद्धशान्ति–४ का ५१ बर्षिय हेमबहादुर बिक इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।