झापा ।  

झापाको गौरादह नगरपालिका वडा नम्बर ५ बाट प्रतिबन्धित लागू औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गौरादह–१ स्थित स्कुलचौन बजारबाट डोरामारीतर्फ जाँदै गरेको मे.६ प ४७८० नं.को मोटरसाइकलसहित एक जना पक्राउ परेका हुन् । 

प्रहरी चौकी महरानीझोडाबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक गौरादह–४ का २२ बर्षिय निरज खत्रीलाई नियन्त्रण गरिएको छ । खत्रीलाई बिहीवार साँझ पक्राउ गरिएको हो । 

चेकजाँच गर्ने क्रममा उनको साथबाट ब्राउनसुगर २९ ग्राम ४६० मिलीग्राम फेला परेपछि मोटरसाइकलसहित नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।