• रन्जित परियार 

बुटाबारी । 

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाको आयोजनामा आधारभूत तह (१–५) का स्थायी शिक्षकहरुका लागि अंग्रेजी भाषा बिषयक ५ दिने तालिम सञ्चालन भएको छ ।

फागुन २४ गतेबाट २८ गते सम्म ५ दिन सञ्चालन रहने र नगरका २८ बिद्यालय मध्येबाट अंग्रेजी शिक्षक २२ जना तालिममा सहभागी रहेको नगर शिक्षा शाखा प्रमुख उपसचिव तोयानाथ रेग्मीले जानकारी दिए । 

समय र प्रविधिसँगै अभिभावक र बालबालिकाहरुको चाहना अनुसार पुरानो पाठ्यक्रमलाई छाडदै नव एकीकृत पाठयक्रम अनुसार सिकाई सहजीकरण कसरी अझ सहजता र गुणस्तरीय बनाउन सकिन्छ भन्ने नै मुल उदेश्य अनुसार उक्त तालिम सन्चालन गरेको भन्दै कार्यक्रम औचित्य तथा स्वागत शिक्षा अधिकृत सुनिता भट्टराईले गरेकी थिइन् ।  

निजि बिद्यालयको आकर्षण र पहुँच नहुनेलाइ शिक्षा महङ्गो भएको भन्दै सामुदायिक बिद्यालयमा पनि अङ्ग्रेजी भाषा माध्यम शिक्षण गर्न केही समस्या नरहेको र शिक्षकहरुले केही मेहनत र बेला बेलामा पुनरताजगी तालिम दिने अभिभावकहरु एवम् सम्बन्धित निकायको अनुगमन भए सबै सरकारी गुणस्तरीय र बिद्यालय नमुना बन्न सक्ने सरकारको लगानी पनि धेरै रहेको कार्यक्रमकी प्रमुख अतिथि तथा अर्जुनधारा नगर उप प्रमुख खड्गमाया पराजुलीले बताइन् ।

कार्यक्रममा सहभागीका तर्फबाट गणेश आबिका प्रअ लोकनाथ दाहालले उपलब्धि मुलुक तालिम आयोजना गरि दिएकोमा नगरपालिका एवम् शिक्षा शाखालाइ धन्यवाद व्यक्त गरे । 

शिक्षा तालिम केन्द्र सुनसरी एवम् भगवती माबि इलामका शिक्षक तथा सहजकर्ता तीर्थबहादुर राईले सहजीकरण गर्ने तालिमको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालको अध्यक्षता रहेको थियो । कार्यक्रमको सहजीकरण प्राबिधिक सहायक समिरा दाहालले गरेकी थिइन् ।