बिर्तामोड । 

नेकपा (एकीकृत समाजबादी) को दुई महिने संगठन बिस्तार तथा सुद्धढीकरण अभियान अन्तरगत बिर्तामोड नगरको बिस्तारित बैंठक सम्पन्न गरेको छ । 

स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा एकीकृत समाजवादीसँग  एकतापछि  बिर्तामोड नगर कमिटीको पहिलो बिस्तारित  बैठक  शनिवार (आज) बसेको बासु दुलालले जानकारी दिएका हुन् । 

बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बिस्तारित बैंठकमा पार्टीको केन्द्रिय सदस्य निलमणि बरालको प्रमुख आतिथ्य रहेको थियो ।  

उक्त बिस्तारित बैंठकले नगर कमिटी पुनर्गठन गरेको छ । पार्टीको बिस्तारित बैठकले ५ जना सदस्य पछि थप  गर्ने गरी ४१ सदस्य कमिटी पुनर्गठन गरेको  छ  । पुनर्गठन कमिटीमा  मोर्चाको तर्फबाट प्रतिनिधित्व गर्दै नगर कमिटीको उपाध्यक्षमा पन्जिका बुढाथोकी सदस्यमा तारा दुलाल,  इन्दु खवास, प्रदिपजंग  थापा,  गोपाल लुहागुन, राजनकुमार दास, चन्दन राजवंसीलगायत रहेको बताइएको छ । 

कार्यक्रममा प्रमुख अतिथि बरालले  पार्टीको २ महिने अभियानको बिषयमा स्पष्ट पारेका थिए । त्यस्तै नेता दुलालले स्वतन्त्र समाजबादी मोर्चा र  नेकपा  एसको पार्टी एकता पछि  झापामा  उभार  आएकोले पार्टी निर्माणमा  सकृय रहन सवैलाई आग्रह गरेका छन् । 

कार्यक्रममा पार्टी  नेता  बासु दुलाल, युवा संघ नेपाल  केन्द्रिय सचिब प्रत्युस  राना, पार्टी नेता डा. मुरलीप्रसाद साह, गोपि अधिकारी लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिब कृष्ण  बिष्टले गरेका थिए ।