बिर्तामोड । 

बिर्तामोड उद्योग बाणिज्य संघको गत फागुन १४ गते भएको निर्वाचनमा बिजयी बनेकाले लाखें तथा बाँजागाँजासहित बजार परिक्रमा गरेका छन् । बुधवार (आज) संघको निर्वाचनबाट अध्यक्षमा निर्वाचित राजु न्यौपानेको नेतृत्वमा लाखेंसहित बिर्तामोड बजार परिक्रममा गरेका हुन् । 

उनीहरुले ब्यवसायीकै मतदानबाट निर्वाचित भएको भन्दै ब्यवसायीसँग खुसी साटासाट गर्न लाखें तथा बाजागाजासहित बिर्तामोड बजार परिक्रममा गरेका हुन् । 

बाणिज्य संघको निर्वाचनमा लोकतान्त्रिक ब्यवसायिक प्यानलका तर्फबाट अध्यक्षमा राजु न्यौपाने निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र ब्यवसायकि प्यानलका तर्फबाट अध्यक्षमा उम्मेद्वार अर्जुनकुमार मैनालीलाई पराजित गर्दै न्यौपाने निर्वाचित भएका थिए । 

बरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्षमा बिशाल थापा, बाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिबमा कुशल खतिवडा, उद्योग सचिवमा पुकार बराल, बाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा युवराज निरौला,  सह–कोषाध्यक्षमा तिलोतम खत्री निर्वाचित भएका छन् ।  

त्यसैगरी सदस्यमा अनन्तलाल महतो, कृष्णप्रसाद बजगाई, केदार खनाल, डिल्लीराम कोइराला, दिनेश श्रेष्ठ निर्वाचित, रमेश घिमिर, सत्रुघनप्रसाद गुप्ता, शशिलाकुमारी काकी र सुश्मा उप्रेती सुवेदी निर्वाचित भएका छन् । 

१९ पदका लागि एक स्वतन्त्रसहित ३९ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका थिए । घोषणा गरिएको मत परिणाम अनुसार निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष, जनसम्पर्क उपाध्यक्ष, कोषाध्यक्ष, तीन खुल्ला सदस्य र एक महिला सदस्यबाहेक बाँकी १२ पदमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार निर्वाचित भएका छन् ।