बिर्तामोड । 

गुणस्तरीय शिक्षालाई प्राथमिकता दिदै आएको झापाको अर्जुनधारा नगरपालिका–६ को हिमाली एजुकेशन फाउण्डेशनले विविध कार्यक्रम गरी १७ औं वार्षिकोत्सव मनाएको छ । विद्यालय परिसरमा सोमवार (आज) सांस्कृतिक कार्यक्रमसहित सम्मानलगायतका कार्यक्रम गरेर बार्षिकोत्सव मनाइएको हो । 

विद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्र कार्कीको प्रमुख आतिथ्य रहेको थियो ।  प्रमुख अतिथि कार्कीले स–साना बालबालिकालाई स्तरीय शिक्षा दिएर योग्य र सक्षम नागरिक उत्पादनमा निजी विद्यालयको योगदान उच्च रहेको बताए ।

बार्षिकोत्सबका अवसरमा वर्ष उत्कृष्ट शिक्षकका रुपमा जेशीका राई र विद्यालयका सबारी चालक पदम तामाङलाई नगदसहित सम्मान थियो । त्यस्तै वर्ष उत्कृष्ट विद्यार्थीका रुपमा लासिम योङ्यालाई समेत सम्मान गरिएको थियो ।  

himali 1

विद्यालयका शिक्षक बाशुदेव बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थीहरुले गरेका थिए । कार्यक्रममा अर्जुनधारा नगरपालिका प्यवाब्सन अध्यक्ष रुद्र सिटौला, सचिव राजेश आचार्य, नेपाल दशनामी समाजका कोशी प्रदेश अध्यक्ष पदम वहादुर पुरी (प्रकाश), समाजसेवी चन्द्रप्रसाद गिरी, समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरी, विद्यालय अभिभावक संघ अध्यक्ष यामप्रसाद तिम्सिनालगायतको आतिथ्य रहेको थियो ।

नर्सरीदेखि ८ कक्षासम्म  पठन–पाठन हुने विद्यालयमा  चार सय विद्यार्थी अध्यापन रहेको र शिक्षक तथा कर्मचारी ३५ जना रहेको विद्यलयकी प्रिन्सिपल शान्ता गिरीले जानकारी दिइन् । प्रिन्सिपल गिरीले प्याव्सन बिर्तामोड नगरद्वारा आयोजित फुटवल प्रतियोगितामा दोस्रो र नृत्यमा प्रथम स्थान हासिल गर्न विद्यार्थीहरु  सफल भएको बताइन् ।