झापा । 

झापाबाट सवारी ज्यान र बहुविवाह मुद्दाको फैसला भई फारार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन् । झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला भएर फरार रहेका ती प्रतिबादीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा ९ महिना कैद भई फरार रहेका शिवसताक्षी–५ घर भई हाल दमक–५ बस्ने ३० बर्षिय किशोर कटुवाल र बहुविवाह मुद्दामा १ वर्ष कैद जरिवाना भएका फरार रहेका सताक्षीधाम–१ हाल शिवसताक्षी–८ का ४१ बर्षिय प्रेमबहादुर पोर्तेल रहका छन् । 

पक्राउ गरिएको उनीहरुलाई फैसला कार्यन्वयनकोलागि  झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।