- रन्जित परियार
बुट्टाबारी ।
नारी कल्याण समाज झापाले झापा गाउँ पालिकाको सिमलबारी आधारभूत बिद्यालयलाई ११ थान सिलिङ्ग पंखा हस्तान्तरण गरेको छ ।
बिद्यालयमा प्रत्येक साल गर्मीले बालबालिकाहरुलाई कक्षामा अध्ययन गर्न गाह्रो हुने गरेकोमा यसपटक गुड नेवर्स इन्टरनेसल प्रालिको आर्थिक सहयोगमा झापा गाउपालिकाको सिमलबारी आधारभूत बिद्यालयलाई ११ थान सिलिङ्ग फेन प्रदानसँगै विद्यार्थीहरुलाई शुद्ध खानेपानीको ब्यवस्थापन गरिएको गुड नेवर्स इन्टरनेशलका प्रतिनिधि मदन हुमागाइले बताएका छन् ।
बिद्यालयमा सिलिङ्ग पंखा जडान तथा शुद्ध खानेपानीको ब्यवस्थापन हुँदा विद्यार्थीमा खुसी छाएको छ । सामाजिक तथा पबित्र कार्यका लागि सहयोगी सस्थालाई बिद्यालयका प्रधानाध्यापक इन्द्र कटुवाल र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगरनाथ गणेशले धन्यवाद व्यक्त गरेका छन् ।
बाबुराम पौडेलको अध्यक्षता भएको कार्यक्रमको सहजीकरण सरोज पौडेलले गरेका थिए ।