बिर्तामोड । 

झापाको विर्तामोडको एक कार्यक्रमका सहभागी बक्ताहरुले सि.के. प्रसाई नीति, सिद्धान्त, विचारप्रतिको निष्ठावान ब्यक्तित्व भएकै कारण सबैले श्रद्धापूर्वक सम्झने गरेको  धारणा राखेका छन् ।

सिके चिन्तन प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानको आयोजित विचार गोष्ठी कार्यक्रमका सहभागी बक्ताहरुले सिके प्रसाई आर्थिक रुपमा मितब्ययी, समाजवादी दर्शन अनुसारकै जीवनशैली अपनाउने सादगी नेता रहेको बताएका हुन् ।

नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको सान्निध्यमा रहेर लामो समय राजनीति गरेका सिके प्रसाईले नेपाली कांग्रेसको राजनीतिमा लागेकै कारण लामो समयसम्म निर्वासनको सजाय भोग्नुपरेको थियो भने सम्पूर्ण सम्पत्ती तत्कालीन सरकारले सर्वस्वहरण गरेको थियो । प्रजातान्त्रिक समाजवादका ब्याख्याता एवं समाजवादी चिन्तक सिके प्रसाईंको २०५० साल फागुन ८ गते निधन भएको थियो ।

नेपाली कांग्रेस झापाका पूर्व सभापति ररहेका प्रसाईंकै कार्यकालमा सचिवको जिम्मेवारी संहाल्लेका पूर्व सांसद एवं कार्यक्रमका प्रमुख अतिथि डिल्लीप्रसाद सिटौलाले, सिके चिन्तन प्रतिष्ठानका पूर्व अध्यक्ष लोकराज ढकाल, नेपाली कांग्रेस कोशी प्रदेश समितिका सदस्य मिरा खड्का, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, सिके चिन्तन प्रतिष्ठानका सल्लाहकार एवं पूर्वमन्त्री खगेन्द्र प्रसाई, नेपाल प्रेस युनियनका केन्द्रिय सचिव रेजिना गौतम लगायतले मन्तब्य राख्दै सिकेका विचार अध्ययन गरेर थुप्रै ब्यक्ति कांग्रेस भएको चर्चा गरेका थिए । उनीहरुले आम नेता कार्यकर्ताले समाजवादी जीवनशैली अपनाउनुपर्नेमा जोड दिए।

प्रतिष्ठानका अध्यक्ष टिकाप्रसाद प्रसाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत महासचिव लक्ष्मीप्रसाद आचार्य र सञ्चालन सचिव इन्दु पूर्वेलीले गरेकी थिइन् ।  कार्यक्रममा प्रतिष्ठानका संरक्षक संगिता प्रसाई, अनुदान प्रसाई,  सल्लाहकार राजकुमार पोखरेल, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि खगेन्द्रविक्रम नेम्बाङ, नेका झापाका सदस्यहरु देवीका बस्नेत, पुष्पलाल चौधरी, लीला मैनाली, विरु दर्नाल, २ नं क्षेत्रीय सभापति खगेन्द्र मैनाली, विर्तामोड नगर सभापति भोजराज सिटौला, कनकाई नगर सभापति दुर्गाप्रसाद प्रसाई, न्युटन एजुकेशन फाउण्डेशनका संस्थापक धर्मा पराजुली प्रसाई लगायतको बाक्लो उपस्थिति रहेको थियो ।