सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नगरले कक्षा ८ सम्म नै पाठ्यक्रम निर्माण  गरि अध्यापनको तयारी गरिरहेको बताएका छन् । 

 झापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा रहेको फक्ताङलुङ  एजुकेशन फाउण्डेसनको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा नगर प्रमुख पोखरेलले त्यस्तो बताएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले  शिक्षालाई  नगरले प्राथमिकतामा राखी कार्य गर्दै आएको बताए ।  उनले गरिब तथा अति विपन्नलाई छात्रवृत्तिको व्यवस्था गरेको बताए । उनले पछिल्लो समय शिक्षकहरुलाई नै समय (समयमा तालिम प्रदान गरि नयाँ प्रवृत्तिबाट अध्यापन हुन थालेसँगै  नगरको योजना अनुसार नै सामुदायिक विद्यालयमा बिद्यार्थी बढ्दै  जान थालेको बताएका छन् । 

उनले पछिल्लो समय नगरवासिका लागि आफुले गरेका राम्रा कामको चर्चा न आएपनि हरेक कुराको गलत प्रचार गरेर बदनाम गर्ने गरेको गुनासो पोखे। नगरप्रमुख पोखरेलले आफू सधैं नगरबासीको हितकै लागि लागिपर्ने दोहोर्‍याएका थिए । 

 कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको  नृत्य, वार्षिकोत्सवमा   फक्ताङलुङ  एजुकेशन फाउण्डेसन  आइडल सिजन वानको ग्रान्ड फिनाले पनि सम्पन्न भएको छ।