झापा ।
झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बाट एक जना महिलालाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । सोही स्थान बस्ने ३७ बर्षिया शोभा श्रेष्ठले लागूऔषध ब्राउन सुगरको कारोवार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी चौकी बुट्टाबारी र इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडको प्रहरी टोलीले गएराती घरबाटै पक्राउ गरेको हो ।
श्रेष्ठ घरमा रित पुर्वक खानतलासी गर्दा उनको साथबाट प्लाष्टिकमा स– साना पोकासहितको हेर्दा लाूु औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ सहितको तीन थान पोका फेला परेको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।
उनको घर तथा कोठाभित्रबाट बिभिन्न मोडलका पुराना मोवाईल थान ११, नगद ३७ हजार रुपैयाँ, पुराना घडी थान –४, इयरबट थान–२, पावरबैंक थान–१ फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै घरको तथा कोठा भित्र शोभा श्रेष्ठसँगै उनका १९ बर्षिय गोबिन्द श्रेष्ठ, बुहारी १८ बर्षिया सन्ध्या चौधरी श्रेष्ठ र इलाम सन्दकपुर–४ का २४ बर्षिय पलबी गुरुङ समेतलाई फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अनारमनीमा ल्याएर श्रेष्ठको साथबाट बरामद भएको प्लाष्टिको सहितको पोका थान–३ ब्राउन सुगर जस्तो देखिने पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक बिना ५५० मिलिग्राम रहेको र उनीहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।