झापा।
नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा प्रेस स्वतन्त्रता सेनानी चन्द्र भण्डारीसहित आठ जना पत्रकारलाई प्रेस स्वतन्त्र सेनानी सम्मान प्रदान गरिएको छ ।
नयन एड्भर्टाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेशखबर डटकम (डिजिटल अनलाइन पत्रिका) आफ्ने प्रथम वार्षिकोत्सवको अवसर पारेर कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा झापाका अग्रज पत्रकार भण्डारीसहित प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा (सुनसरी), कृष्णविनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिबबहादुर कार्की (मोरङ), कृष्ण आचार्य (खोटाङ), कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा) रहेका छन् । उनीहरूलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले प्रेस स्वतन्त्र सेनानी सम्मान प्रदान– पत्र प्रदान गरेकी थिइन् ।
कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानीसहित क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कारबाट विवेक विवश रेग्मी पुरस्कृत भएका छन् । उनीहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरियो ।
त्यसैगरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पु¥याएको भन्दै आरबी कटुवाललाई सम्मान गरिएको थियो ।